आदरणिय रेडिंगबासी नेपाली दाजुभाई दिदिबहिनीहरु !
बेलायतको रिडिङ्ग स्थित हामी सबै नेपालीहरुको साझा सँस्था ग्रेटर रिडिङ्ग नेपाली समाज (GRNCA) को सयोजकत्वमा हामी रिडिङ्ग बासि सबै जनजाति तथा सामाजिक सँघ संस्थाहरुको सहकार्य र सहभागितामा २५६१ औ बुद्ध जयन्ती सामुहिक रुपमा मनाऊन लागेको कुरा यहाँहरुलाई सुनाऊन पाऊँदा हामीलाई ज्यादै खुसिको अनुभब अनुभूति भईरहेको छ । नेपालीहरुको यस् महान पर्ब यहि मे १० तारीख २०१७ का दिन रिडिङ्ग स्थित Rivermead Leasure Centre को सभाकक्षमा मनाउन गैरहेको कुरा यहाहरु सबैलाइ अवगत गराउन चाहन्छौ ।
GRNCA को गत महाधिवेशनमा बुद्ध जयन्ती नेपाली समाजको अगुवाइ तथा संयोजकत्वमा आयोजन गर्नु पर्ने आवाजलाई सम्बोधन गरि यो बिषयलाइ आधिकारिक रुपमा नेपाली समाजको बार्षिक कार्यसुचिमा प्रवेश गरिएको छ । जुन निस्चय पनि सह्रानिय र स्वागतयोग्य कुरा हो ।
शायद कतिपयलाई लाग्ला , बौद्ध धर्म तथा दर्शन र यो बुद्ध जयन्ती भन्ने कुरा केवल बौद्ध मार्गी र यसका अनुयायीहरुले मात्र मनाउने अथवा अगाल्ने कुरा हो तर भगवान बुद्ध जस्लाई एशियाका तारा पनि भनिन्छ , अर्थात विश्व जगतमा बढिरहेको बुद्द धर्म र दर्शनको महत्व र गरिमा हामी संपुर्ण नेपालीको पहिचान तथा गौरव हो । भगबान गौतम बुद्दको जन्म पनि हाम्रै मात्रिभुमी नेपालमा भएको हो, जस्मा हामी सम्पुर्ण नेपालीहरु गौरव गर्दछौ । यो हामी सबैको पहिचान , प्रतिष्ठा र गौरब पनी हो । बिश्व मानचित्रमा नेपालको परिचय पनि यसैमा निहित छ भन्नुमा कुनै अतीसयोक्कि नहोला ।
कुनै पनि मुलुक अर्थात राज्यले आफ्ना नागरिकलाई, समाजलाई अनुशासित र इमान्दार बनाउन हजारौँ लाखौ कानुनहरुको निर्माण गर्दछ । अझ विकसित देशहरुले समाजलाई अपराध मुक्त राख्न नयाँ नयाँ कानुन र प्रविधिहरुको निर्माण गरिरहेका छन तर, अफसोस
झन् झन् बिस्व अशान्त भैरहेको छ । यति धेरै कानुन र प्रबिधिको बाबजुद अपराध दिन दिनानु बढिरहेकै छ । तसर्थ हामी चाहे जुनसुकै धर्माव्लम्बी हौ तथा धर्म मानौँ बुद्दका सन्देशहरुले हाम्रो जिवनलाई सही मार्गमा डोहोर्याउन प्रेरणा दिईनै रहेका हुन्छन् । बुद्द दर्शन केवल स्वर्ग या नर्क जाने कुरा मात्रै होइन नत यो केवल आत्मा र पर- आत्माको बिषयनै हो । कुनै पनि धर्म सँस्कृति , भाषा, कला वा साहित्य यि सबै समाजको दर्पण हो, जस्मा हामि हाम्रो आफ्नै प्रतिविम्व देख्दछौ । यसर्थ बौद्ध धर्म पनि हामि सबैको धर्म हो, दर्शन हो, दर्पण हो र प्रतिविम्व हो । यसमा अन्तर्निहित महत्व, गरिमा र सौन्दर्यलाई उजागर गर्नुका साथै आफ्नो जिवन पद्दतिलाई पनि यहि मार्गमा हिँडाऊने सत्प्रयास गर्नु नै यस्को प्रमुख उद्देश्य हो।
यसर्थ सम्पूर्ण महानुभावहरु ! ऊपरोक्त दिनमा यहाँहरु सबै बुद्ध जयन्ति समारोहमा सहभागी भै आफ्नो आस्था, विस्वास र श्रद्दा प्रकट गरिदिनहुन हामि संपुर्ण रेडिंग स्थित संघ संस्थाहरुको तर्फबाट हार्दिक बिनम्र अनुरोध गर्दछौ ।
यस पबित्र कार्यमा सहकार्य गर्ने संघ सँस्थाहरु यस प्रकार छन् ।
सहभागी सँस्थाहरु
१ ग्रेटर रेडिंग नेपाली समाज (GRNCA)
२ माने सँघ रेडिंग
३ तामांग घेदुंग सँघ रेडिंग
४ रेडिंग तमु समाज
५ मगर समाज रेडिंग
६ पासा: पुचह गुथी रेडिंग
७ क्षेत्री समाज रेडिंग
८ ठकुरी समाज रेडिंग
९ किँरात समाज रेडिंग
१० फर्गटन ब्रिटिश गोर्खाज
११ रेब्गा रेडिंग
१२ गेसो रेडिंग
१३ अामा समूह रेडिंग
१४ पेनी फ़र नेपाल
१५ रेडिंग युथ
१६ HSMP Forum
धन्यबाद
पुनश्च : तल उल्लेखित भोजनदान तालिकामा आफ्नो ईच्छ्या बमोजीमको भोजन दान प्रदान गरि कार्यक्रममा यहाँहरुको अमुल्य आर्थिक सहयोग पनी गरिदिनुहुनेछ भन्ने पुर्ण आशा तथा बिश्वास ब्यक्त गर्न चाहन्छु ।
Donation for Buddha Jayanti Celebration 2017 ( भोजन- दान )
1. Krishna Neupane £51
2. Sushila Gurung £50.00
3. Dhan Rana £40.00
4 Yadav Shrestha £25.00
5. Bhimsen Khadka £ 25
6. Nabaraj Neupane £25
7. Deepak Gurung £50
8. Tek Bahadur Gurung £50
9. Omkar Adhikari £51
10. Iman Singh Rai £50
11. Chet Regami £25
12 LB subba £20
13 Bikram Shrestha £20
14 Kalpana Pandit £11
15 Durga Dhakal £11
16 Lal Bdr Gurung £11
17 Tul Bahadur Gurung £11
18 Khem Thapa £20
19 Gobhardan Rai £11
20 Siddant Ghimire - £11.00
21 Krishna Acharya £11.00
22 Karun Adhikari £11
23 Hom Rana -£50.00
24 Nabaraj Parajuli £20
25 Saroj Thapa £21.00
Man Bahadur Gurung £51
Kirti Bilas Pant £21
Mahesh Gurung £21
Arjun Basnet £30
Dr. CB Gurung£11
Ram Galami £30
Mr/Mrs Parbati Pun £30
Rajendra Shrestha £50
Rameshwor Thapa £20
Bishwa Adarsh Pandit £51
Chandra Man Gurung £21
Mrs Parbati Pun , Aama Samuha Reading £50
Hasta Lama ,Sakya Ling Buddhist centre £105
Chandra Sagar Lama , Proprietor Standard Nepalese Tandoori £ 51
Purna Lama , Sunkoshi Tandoori, Reading £51
Prem Lama , Tamang Ghedung Sangh, £51
Karam Gurung and Hari Maya Gurung, Sapana Home Restaurant £30
Babu Ram Lama £ 20
Manju Lama Shrestha £25
Bhim Niraula (Sunday Morning Love you) £20
Mithu gurung, Reading £20
Durga gurung , Reading £20
Bhoj Bahadur Gurung £25
Pritam & Raj Kumari Gurung(Raju)
Prasanna & pooja gurung
Pujan gurung for sponsoring all soft drinks
Bisan Gurung , Free photography
आशा छ यहाँहरुले पनी आफ्नो ईच्छ्या बमोजीमको भोजन दानको लागी
आफ्नो नाम माथी चढाऊनुहुनेछ ।
Please add your name and the amount as you wish .
२५६१ औँ बुद्द जयन्ति २०१७ कार्यक्रम तालिका
Date :- 10th May 2017 बुधवार
Venue :- Rivermead Leasure Centre ,Caversham
Richfield Avenue
Reading
RG1 8EQ
8:30 All volunteers arrive स्वयं सेबक ऊपस्थिती
9:00 till 10:30 Hall preparation हल सजावट
10:30 till 11:00 Purification puja शुद्दिकरण पुजा
11:00 1st phase puja प्रथम चरणको पुजा
1:00 lunch भोजन ग्रहण
1:30 formal function औपचारिक कार्यक्रम
2:00 till 4:00 2nd phase puja दोश्रो तथा अन्तिम चरणको पुजा
5:00 - 6 .00 Pm Ending and clearing the Hall
कार्यक्रम समापन तथा सरसफाई
धन्यबाद
ओमकार अधिकारी
महासचिव - GRNCA
