AGM AND BIRTHDAY

ग्रेटर रेडीड्ग नेपाली कम्युनिटीको अधीवेशन र १७ औ जन्मोत्सव हुदै

172

शीतलपाटीन्युज डटकम ।

रेडीड्ग, लण्डन । रेडिंग नेपाली समाज युकेको नबौँ कार्यसमितीको पहिलो बार्षिक साधारण सभा यहि आँऊदो ८ अप्रिल २०१८ मा सेमेट्री जक्सन स्थित वयरहाउसमा आयोजना गरिने भएकोछ । समाजका महासचिव ओमकार अधिकारीले दिनुभएको जानकारी अनुसार उक्त दिन समाजले आफ्नो स्थापनाको १७औँ बार्षिकऊत्सब पनी एकैसाथ मनाऊन लागेको हो । उक्त अबसरमा संस्थाका बर्तमान तथा पुर्ब अध्यक्ष्यहरु र समाजका सल्लाहकारहरुबाट १७ वटा पानसमा बत्ति बालेर उद्बघाटन गर्ने बिशेष प्रकारले  तैयार पारीएको र संस्थाको “Happy 17th Birthday GRNCA “ लेखिएको १७ औं जन्मोत्सव केक पनी काटिने छ । संस्थाले आफ्नो जन्मोत्सव मनाऊने निर्णय कार्यसमितीको बैठकले यस अगाडिनै सर्बसम्मत पारित गरेको हो ।

यस अबसरमा रेडिंगबासी नेपालीहरु मध्य हालसालै बिधाबारिधी प्राप्त गर्ने महानुभाबहरुलाई बिशेष सम्मान गर्नुका साथै समाजका बिभिन्न कार्यक्रमहरुमा स्वयंसेवकको रुपमा अमुल्य सहयोग गर्नुभएका महानुभाबहरुलाई प्रसंसा पत्र पनी प्रदान गरिनेछ ।

यस अबसरमा संस्थाका आजीबन सदस्यहरुलाई परिचयपत्र प्रदान गर्ने कार्यक्रम पनी रहेको कुरा संस्थाका अध्यक्ष श्री कृण्ण प्रसाद न्यौपानेले हामीलाई जानकारी दिनु भएको छ । यस संस्थाको आजीबन सदस्यता परिचय पत्र देखाएर रेडिंगका बिभिन्न पसल तथा सेबा प्रदायक संस्थाबाट ग्राहकहरुले बिशेष प्रकारको छुट पनी प्राप्त गर्न सक्ने ब्यबस्था मिलाईएको छ । जस्तै रेडिंग नेपाली समाजको आजिबन सदस्य बनेको ब्यक्तिले बिभिन्न ट्राभल एजेन्सीहरु , हेयर ड्रेसीड्ग , किराना पसल , रेस्टुरेन्ट , ड्राइकिल्नीड्ग  सप, ड्राइभीड्ग स्कुलवाट बिशेष छुट पाऊने ब्यबस्था मिलाईएको कुरा जनाउनु भयको छ ।

कार्यक्रमको दोश्रो चरणमा समाजको बार्षिक अधिबेशन सम्पन्न गरिनेछ जसमा संस्थाका कोषाध्यक्ष श्री टेक गुरुंगबाट गत बर्षको आर्थिक प्रतिबेदन र महासचिवबाट बार्षिक कार्यप्रगति प्रतिबेदनका साथ भाबी कार्यक्रमको रुपरेखा पनी प्रस्तुत गरिने छ । त्यस्तै संस्थाका बिभिन्न गतिविधिहरु र प्रस्ताबित सामुदायिक भबन खरिद प्रक्रिया बारेमा सामुहीक छलफल तथा निर्णयहरु पनी गरिने कार्यक्रम रहेको छ । कार्यक्रमको समय दिनको २:३० देखी बेलुका ७ बजे सम्म तोकिएको छ भने आगन्तुक सदस्यहरुको लागी हल्का जलपान र खाजाको ब्यबस्था पनी गरिएको छ ।

८ अप्रीलका लागि आयोजना गरिएको ऊक्त कार्यक्रममा सक्रिय सहभागीता जनाएर छलफलमा भाग लिनको लागी रेडिंग नेपाली समाज संपुर्ण सदस्यहरुलाई हार्दिक निमन्त्रणा गर्दछ ।