हार्दिक शुभकामना !!!

दीपावली तथा छठको हार्दिक शुभकामना !!!

दिदी-भाई, दाज्यु- बहिनीहरुको बिशेष भेटघाट, बिशेष चाढ यस भाईटिकामा ५, ७, वा ९ फरक रंगका ठाडाटिकाहरु निधारमा लगाईन्छ, दीर्घ जीवनको लागि शुभकामना आदान प्रदान, बिशेष खाध्य परिकारहरु, बिशेष उपहारहरु, मखमली र सयपत्रीको फूलको मालाहरु, शुद्ध तोरीको तेलको धाराले छेकी सम्पूर्ण शत्रुहरु बाहिर राख्ने परम्परा साच्चिकै बिर्सी नसक्नु छ l

पाँच दिनसम्म खुसियालीका साथ मनाइने तिहारमा पंछी, जनावरलाई खुब श्रद्धाका साथ्  पुजाआजा गरिन्छ, खानपान गराईन्छ, दीप प्रज्वल, रंगीबिरंगी सिङ्गारिएका बत्तीले घर, गोठ, मठ, मन्दिरहरु बिबाहघर, दुलही जस्तैगरि सिङ्गारिएका हुन्छन l धनधान्य देबी लक्ष्मीलाई बिशेष पुजन गरिन्छ, मनग्य धनआर्जन होस् भनि बिशेष रुपमा सिङ्गारिएकी  लक्ष्मीलाई भित्रिमनबाटै श्रद्धाका साथ् पुजन गरिन्छ तर यसैकारणबाट त्यसरी सोचिए अनुसार धन आर्जन भएको भने ऐले सम्म कसैले दाबिगरेको छैन l 

जुवा, तास, कौडाखेल्ने परम्परा आजको होइन, मनोरन्जनको लागी भन्दा पनि हारजितको, सान र ईज्जेत बड्छ भन्ठानेर जुवाका कारण ठण्डाराम हुनुपरेक उदाहरणहरु यदाकदा सुन्ने गरिन्छ l जुवातास नखेलौं है धेरै, केटाकेटी जान्नेछन् सिकेरै !!           

यता सेलरोटी,फलफुल, माछा मासु र थुप्रै किसमिस भएका खानाका परिकारहरु साथमा पेय पदार्थ टन्न खाने र पीउने गर्दा पचाउन गार्हो हुने पक्का हो र कतिलाई केहिदिनसम्म दिशा नमिल्ने हुने गर्छ, यसमा थोरै मात्र खाईने खानामा फेर बदल गर्दा यस्तो समस्या हलहुन्छ तरपनि हामीलाई त्यसतर्फ ध्यान जाँदैन, पानी प्रसस्त पिउने, हरियो परियोलाई पनि साथमा लिएर भित्र पठाउने गर्नाले पनि पेटलाई धेरै राहत मिल्छ l        

ए भन भन भाई हो देउसी रे.... भैलिनी आइन आँगनमा  ... जस्ता देउसीभैलो साँझको आफ्नै महत्व छ, धेरै ठाउमा आजकल देउसी -भैलो कार्यक्रमबाट उठेको रकम सामाजिक कार्यमा लगानी गरेका उदाहरणहरु छन, जस्तै स्कुलको सहयोगको लागि, मठ मन्दिर निर्माण, स्वस्थ्य उपकरण खरिद आदि आदि l यो राम्रो काम हो तर सबैले सहिकामको लागि यस्तो रकम सदुपयोग गर्छन भन्ने के बिश्वास र ?

छठ पर्ब नेपालमा मुलत तराई क्षेत्रमा मनाईन्छ र यसको छुट्टै महत्व छ, यस पर्वमा बिहान र साँझमा सुर्य र उषाको पुजा गरिन्छ, नदी, ताल, तलैयामा स्नान गरिन्छ l

दुवै पर्वको उपलक्ष्यमा सम्पूर्णमा हार्दिक मंगलमय शुभकामना २०७४ सालको !!       

प्रार्थी,

ग्रेटर रेडिङ्ग नेपाली समाज