हार्दिकआमन्त्रणा !!!

दशैँ, तिहार, छढ पर्व (२०१७) को उपलक्ष्यमा हार्दिक शुभकामना !!!

बहुल जाति, भाषा, धर्म, संस्कृति छन बिशाल

अति शुन्दर राष्ट्र हाम्रो, शिरमा राखौं नेपाल l

नेपाल भाषा, धर्म, संस्कृति, रहनसहनको हिसाबमा अतिनै धनि राष्ट्र मानिन्छ l देश प्रतिको मायाँ विदेशमा रहंदा धेरै हुन्छ भन्ने कुरा प्रमाणित गरिराख्नु पर्दैन, जुन बेलायतका विभिन्न क्षेत्रहरुमा नेपाली समुदायले आयोजना गरिराख्ने गतिबिधिहरुबाट प्रस्ट हुन्छ र, त्यसमा पनि चाढपर्बहरुले माथिल्लो स्थान पाउँछ नै यसैको एक उदाहरण हो ग्रेटर रेडिङ्ग नेपाली समाजले आयोजना गरि राख्ने बार्षिक कार्यक्रमहरु l

आज शनिबार, २३ सेप्टेम्बर २०१७ सांझ ग्रेटर रेडिङ्ग नेपाली समाजले वायरहाउस, न्यु टाउन, रेडिङ्गमा भब्य रुपमा मनाउने दशैं-तिहार साँझको निम्तो प्राप्त गरिसक्नु भएकै होला यदि प्राप्त नगर्नु भएको भए यसैलाई औपचारिक अमन्त्रणा मानि सपरिवार पालिदिनुहुन हार्दिक अनुरोध छ l इन्ट्री टिकटहरु उपलन्ध छन यदि प्राप्त गर्न कठिनाई भैराखेको भए हामीलाई सम्पर्क राख्नुहुन अनुरोध छ l

उक्त कार्यक्रम भब्य र सब्य रुपमा सफलपार्न यहाँको भौतिक उपस्थिति र सहभागिताले ठुलो अर्थ राख्ने भएको हुँदा कृपया आमन्त्रणालाई स्वीकारी समयमा उपस्थित भैदिनुहुन अनुरोध छ l

अन्तमा दशैँ, तिहार, छढ पर्वको हार्दिक मंगलमय शुभकामना ब्यक्त गर्न चाहान्छौं l

 

प्रार्थी,

ग्रेटर रेडिङ्ग नेपाली समाज परिवार