रेडिंगमा भब्य नव बर्ष शुभकामना साँझ हुने/ सत्यकला राईले स्टेज तताउने

बिगत बर्षहरुमा जस्तै यसपाली पनि ग्रेटर रेडिगं नेपाली समाजले  भव्यताका साथ  नव बर्ष शुभकामना साँझ आयोजना गर्ने भएको छ।  'नव बर्ष शुभकामना साँझ' एऊटा नियमित कार्यक्रम हो जुन संस्थाले हरेक बर्ष नयाँ बर्षको शुभारम्भ संगै मनाऊँदै आईरहेको छ । १४ अप्रिल शनिबार आयोजना  हुने  उक्त कार्यक्रम संचालन गर्न समाजले ऊपाध्यक्ष  भिमसेन खड्काको नेतृत्वमा एक  तैयारी समिती पनि  गठन गरेको छ । कार्यक्रमको प्रमुख आकर्षण को रुपमा चर्चित गायिका सत्यकलालाइ निम्त्याइएको छ ।

संस्थाका महासचिब ओमकार अधिकारीका अनुसार कार्यक्रम निकै आकर्षक तरिकाले संचालन गरिने छ । जन चाहना बमोजिम आसनग्रहण र भाषणमा बिल्कुल समय ख़र्च गरिने छैन र पुरै समय मनोरन्जनात्मक कार्यरक्रममा सदुपयोग गरिने छ । साँस्कृतिक कार्यक्रमको साथमा Dinner , DJ र Dance को ब्यबस्था गरिएको छ । उक्त कार्यक्रममा नेपालबाट आयकी चर्चित गायिका सत्यकला राई को बेजोड प्रतुतीका साथमा स्थानिय कलाकारहरुको प्रस्तुती रहने कुरामा ढुक्क रहन संयोजक खड्काले सबैलाई अनुरोध गरेका  छन् ।

यसै अबसरमा  आयोजकले संस्थाका सबै पुर्ब अध्यक्ष्यहरु र समाजका सल्लाहकारहरु , आजीबन तथा साधारण सदस्यहरु लगायत संपुर्ण रेडिंगबासीहरुलाई सहभागिताको लागि  सबैमा हार्दिक बिनम्र अनुरोध गरेको छ  । प्रवेश शुल्क अग्रिम टिकट लिनेको लागि £ १० मात्र र १२ बर्ष भन्दा कम ऊमेर समुहलाई £ ८ मात्र तोकीएको छ । सोहि दिन ढोकामा टिकट लिनेहरुको लागि भने £ १२ तोकिएको छ ।

संस्थाका अध्यक्ष कृण्ण प्रसाद न्यौपानेका आनुसार संस्थाका साधारण तथा आजीबन सदस्यता लिन ईच्छुक सबैका लागि  सगस्यता परिचयपत्र प्रदान गर्ने कार्यक्रम जारी रहेको  छ । यस संस्थाको आजीबन सदस्यता परिचय पत्र देखाएर रेडिंगका बिभिन्न पसल तथा सेबा प्रदारक संस्थाबाट ग्राहकहरुले बिशेष प्रकारको छुट पनि  प्राप्त गर्न सक्ने ब्यबस्था मिलाईएको छ । जस्तै रेडिंग नेपाली समाजको आजिबन सदस्य बनेको ब्यक्तिले बिभिन्न Travel Agencies, Hair dressers , किराना पसल , रेस्टुरेन्ट , dry-cleaning shop र driving School हरुबाट बिशेष छुट पाऊने ब्यबस्था मिलाईएको छ ।

कार्यक्रम The Wearehouse मा बेलुका ६ बजे देखी १०:३० सम्म संचालन हुने छ भने आगन्तुक सदस्यहरु लागी स्वादिष्ट भोजनको पनि ब्यबस्था गरिएको छ ।