हार्दिक निमन्त्रणा

आदरणिय रेडिंगबासी  नेपाली दाजुभाई दिदिबहिनीहरु !
बेलायतको रिडिङ्ग स्थित हामी सबै नेपालीहरुको साझा सँस्था ग्रेटर रिडिङ्ग नेपाली समाज (GRNCA) को सयोजकत्वमा हामी रिडिङ्ग बासि सबै जनजाति तथा सामाजिक सँघ संस्थाहरुको सहकार्य र सहभागितामा २५६१ औ बुद्ध जयन्ती सामुहिक रुपमा मनाऊन लागेको कुरा यहाँहरुलाई सुनाऊन पाऊँदा हामीलाई ज्यादै खुसिको अनुभब अनुभूति भईरहेको  छ । नेपालीहरुको यस् महान पर्ब यहि मे १० तारीख २०१७ का दिन रिडिङ्ग स्थित Rivermead Leasure Centre को सभाकक्षमा मनाउन गैरहेको कुरा यहाहरु सबैलाइ अवगत गराउन चाहन्छौ ।

GRNCA को गत महाधिवेशनमा बुद्ध जयन्ती  नेपाली समाजको अगुवाइ तथा संयोजकत्वमा आयोजन गर्नु पर्ने आवाजलाई सम्बोधन गरि यो बिषयलाइ आधिकारिक रुपमा नेपाली समाजको बार्षिक कार्यसुचिमा प्रवेश गरिएको छ । जुन निस्चय पनि सह्रानिय र स्वागतयोग्य कुरा हो ।

शायद कतिपयलाई लाग्ला , बौद्ध धर्म तथा दर्शन र यो बुद्ध जयन्ती भन्ने कुरा केवल बौद्ध मार्गी र यसका अनुयायीहरुले मात्र मनाउने अथवा अगाल्ने कुरा हो तर भगवान बुद्ध जस्लाई एशियाका  तारा पनि भनिन्छ , अर्थात  विश्व जगतमा बढिरहेको बुद्द धर्म र दर्शनको महत्व​ र गरिमा हामी संपुर्ण नेपालीको पहिचान तथा गौरव हो । भगबान गौतम बुद्दको जन्म पनि हाम्रै मात्रिभुमी नेपालमा भएको  हो, जस्मा हामी सम्पुर्ण नेपालीहरु गौरव गर्दछौ । यो हामी सबैको  पहिचान , प्रतिष्ठा र गौरब पनी हो । बिश्व मानचित्रमा नेपालको परिचय पनि यसैमा निहित  छ भन्नुमा कुनै अतीसयोक्कि नहोला । 

कुनै पनि मुलुक अर्थात राज्यले आफ्ना नागरिकलाई, समाजलाई अनुशासित र इमान्दार बनाउन हजारौँ  लाखौ कानुनहरुको निर्माण गर्दछ । अझ विकसित देशहरुले समाजलाई अपराध मुक्त राख्न नयाँ नयाँ कानुन र प्रविधिहरुको निर्माण गरिरहेका छन तर​, अफसोस 

झन् झन् बिस्व अशान्त भैरहेको छ । यति धेरै कानुन र प्रबिधिको बाबजुद अपराध दिन दिनानु बढिरहेकै छ । तसर्थ हामी चाहे जुनसुकै धर्माव्लम्बी हौ तथा धर्म मानौँ बुद्दका सन्देशहरुले हाम्रो जिवनलाई सही मार्गमा डोहोर्याउन प्रेरणा दिईनै रहेका हुन्छन् । बुद्द दर्शन केवल स्वर्ग या नर्क जाने कुरा मात्रै होइन नत यो केवल आत्मा र पर- आत्माको बिषयनै हो । कुनै पनि धर्म सँस्कृति , भाषा, कला वा साहित्य यि सबै समाजको दर्पण हो, जस्मा हामि हाम्रो आफ्नै प्रतिविम्व देख्दछौ । यसर्थ बौद्ध धर्म पनि हामि सबैको धर्म हो, दर्शन हो, दर्पण हो र प्रतिविम्व हो । यसमा अन्तर्निहित महत्व​, गरिमा र सौन्दर्यलाई उजागर गर्नुका साथै आफ्नो जिवन पद्दतिलाई पनि यहि मार्गमा हिँडाऊने सत्प्रयास गर्नु नै यस्को प्रमुख उद्देश्य हो।

यसर्थ सम्पूर्ण महानुभावहरु ! ऊपरोक्त दिनमा यहाँहरु  सबै बुद्ध जयन्ति समारोहमा सहभागी भै आफ्नो आस्था, विस्वास र श्रद्दा प्रकट गरिदिनहुन हामि संपुर्ण रेडिंग स्थित संघ संस्थाहरुको तर्फबाट हार्दिक बिनम्र अनुरोध गर्दछौ ।

यस पबित्र कार्यमा सहकार्य गर्ने संघ सँस्थाहरु यस प्रकार छन् । 

 

सहभागी सँस्थाहरु 

१ ग्रेटर रेडिंग नेपाली समाज (GRNCA) 

२ माने सँघ रेडिंग 

३ तामांग घेदुंग सँघ रेडिंग 

४ रेडिंग तमु समाज

५ मगर समाज रेडिंग 

६ पासा: पुचह गुथी रेडिंग 

७ क्षेत्री  समाज रेडिंग 

८ ठकुरी समाज रेडिंग 

९ किँरात समाज रेडिंग 

१० फर्गटन ब्रिटिश गोर्खाज 

११ रेब्गा रेडिंग 

१२ गेसो रेडिंग 

१३ अामा समूह रेडिंग 

१४ पेनी फ़र नेपाल 

१५ रेडिंग युथ 

१६ HSMP Forum 

 

धन्यबाद

 

पुनश्च : तल उल्लेखित भोजनदान तालिकामा आफ्नो ईच्छ्या बमोजीमको भोजन दान प्रदान गरि कार्यक्रममा यहाँहरुको अमुल्य आर्थिक सहयोग पनी गरिदिनुहुनेछ भन्ने पुर्ण आशा तथा बिश्वास ब्यक्त गर्न चाहन्छु । 

 

Donation for Buddha Jayanti Celebration 2017 ( भोजन- दान ) 

 

1. Krishna Neupane £51

2. Sushila Gurung £50.00

3. Dhan Rana £40.00

4 Yadav Shrestha £25.00

5. Bhimsen Khadka £ 25

6. Nabaraj Neupane £25

7. Deepak Gurung £50 

8. Tek Bahadur Gurung £50

9. Omkar Adhikari £51

10. Iman Singh Rai £50

11. Chet Regami  £25

12 LB subba  £20 

13 Bikram Shrestha £20

14 Kalpana Pandit £11

15 Durga Dhakal £11

16 Lal Bdr Gurung £11

17 Tul Bahadur Gurung £11

18 Khem Thapa £20 

19 Gobhardan Rai £11

20 Siddant Ghimire - £11.00

21 Krishna Acharya £11.00 

22 Karun Adhikari £11

23 Hom Rana -£50.00

24 Nabaraj Parajuli £20

25 Saroj Thapa  £21.00

 

Man Bahadur Gurung £51

Kirti Bilas Pant £21

Mahesh Gurung £21

Arjun Basnet £30 

Dr. CB Gurung£11

Ram Galami £30 

Mr/Mrs Parbati Pun £30 

Rajendra Shrestha £50 

Rameshwor Thapa £20 

Bishwa Adarsh Pandit £51

Chandra Man Gurung £21

Mrs Parbati Pun , Aama Samuha  Reading £50 

Hasta Lama ,Sakya Ling Buddhist centre £105

Chandra Sagar Lama , Proprietor Standard Nepalese Tandoori £ 51

Purna Lama , Sunkoshi Tandoori, Reading £51 

Prem Lama , Tamang Ghedung Sangh, £51 

Karam Gurung and Hari Maya Gurung, Sapana Home Restaurant £30

Babu Ram Lama £ 20 

Manju Lama Shrestha  £25

Bhim Niraula (Sunday Morning Love you) £20

Mithu gurung, Reading £20

Durga gurung , Reading £20

Bhoj Bahadur Gurung £25 

Pritam & Raj Kumari Gurung(Raju)

Prasanna & pooja gurung

Pujan gurung for sponsoring all soft drinks

Bisan Gurung , Free photography 

 

आशा छ यहाँहरुले पनी आफ्नो ईच्छ्या बमोजीमको भोजन दानको लागी 

आफ्नो नाम माथी चढाऊनुहुनेछ । 

 

Please add your name and the amount as you wish . 

 

 

२५६१ औँ बुद्द जयन्ति २०१७ कार्यक्रम तालिका

 

Date :- 10th May 2017 बुधवार 

Venue :- Rivermead Leasure Centre ,Caversham

Richfield Avenue

Reading

RG1 8EQ

 

8:30 All volunteers arrive स्वयं सेबक ऊपस्थिती 

9:00 till 10:30 Hall preparation हल सजावट 

10:30 till 11:00 Purification puja शुद्दिकरण पुजा 

11:00 1st phase puja प्रथम चरणको पुजा 

1:00 lunch भोजन ग्रहण 

1:30 formal function औपचारिक कार्यक्रम 

2:00 till 4:00 2nd phase puja दोश्रो तथा अन्तिम चरणको पुजा 

5:00 - 6 .00 Pm  Ending  and clearing the Hall  

कार्यक्रम समापन तथा सरसफाई 

 

धन्यबाद

ओमकार अधिकारी 

महासचिव - GRNCA