सुचना

नमस्कार
सँधै झै यस बर्ष पनी GRNCA ले नेपाली नयाँ बर्ष कार्यक्रम यहि April 14th का दिन भब्यताका साथ मनाऊने तैयारी गरिरहेको कुरा सहर्ष जानकारी गराऊन चाहन्छु । यसै क्रममा हामिले स्थानीय प्रतिभाहरुलाई प्रोत्साहन गर्दै  रंगमंच सम्म पुर्याऊन र नेपाली भाषा कला र सँस्कृतीको जगेर्ना र संबर्धन गर्न एक नयाँ जमर्को पनी  गरेका छौ । 

GRNCA ले आयोजना गरेको उपरोक्त कार्यक्रममा भाग लिन चाहने बालबालिकाका अभिबाबकहरुले कृपया इच्छुक बच्चाबच्चीहरुको नाम जती सक्दो छिटो दर्ता गराऊनु हुन हार्दिक बिनम्र अनुरोध छ । 

रंगमंचको प्रस्तुति लाई सभ्य भब्य र प्रभाबकारी बनाऊन हामीले प्रारम्भिक तैयारी स्वरुप यहि आऊँदो शुक्रबार 7th April बेलुका ६ बजे The Warehouse Reading मा Audition तथा 

पहिलो Rehearsal class को आयोजना गरिएको सहर्ष जानकारी गराऊँदछौ । 

अन्तिम rehearsal Thursday 13th April 2017 दिऊसो २-५ कार्यक्रम स्थल South Reading Youth And Community Centre Reading मा नै हुने कुरा पनी जानकारी गराऊन चाहन्छौँ । 

बालबच्चाहरुको चाहना अनुसारको गित गाऊने, नाच्ने ,वा Fashion Show इत्यादि पनी गराऊने हाम्रो प्रारम्भिक तैयारी रहेको छ । नाम दर्ता गराऊनु भन्दा पहिला आ-आफ्ना बाबुनानीहरुलाई सोधेर इच्छुक बाबुनानीहरुको नाम मात्रै दर्ता गराऊनुहुन पनी अनुरोध छ । कृपया ज़बर्जस्ती भने नगर्नुहोला 

कृपया आफ्नो बालबच्चाको नाम आजै दर्ता गराईहाल्नुहोस् ।  

ऊमेरको हद : ५ बर्ष देखि १६ बर्ष सम्मका boys / girls 

 

सम्पर्क :- 

Siddhanta  Ghimire 07939356427

 Kalpana Pandit, 07588904904

Bhimsen Khadka 07727 287178

Nabaraj Neupane 07478328707

 

धन्यबाद 

 

प्रार्थी 

 

 Omkar Adhikari, 07737981920 , GS-GRNCA