ग्रेटर रेडिंग नेपाली समाजको सहयोग

ग्रेटर नेपाली समाज योसोसियनको सहयोगमा अचने उच्च माबि निर्माण संपन्न, 
उपराष्ट्रपतिबाट उदघाटन हुने ।


नेपालमा गएको महाभुकम्पमा परि ध्वस्त भएको स्कुललाई बेलायतको रेडिगंमा बसोबास गर्ने नेपालीहरुले सहयोग जुटाई निर्माण संपन्न गरेका छन । ग्रेटर रेडिंग नेपाली समाज योसोसियन (GRNCA ) ले शिक्षा क्षेत्रमा लगानी गर्ने हेतुले यो सहयोग गरेको थियो । यो समाजले भुकम्प गएको समयमानै तत्काल चाहिने सामाग्रीहरु सहयोग गरेको थियो । समाजका संपुर्ण सदस्यहरुको सकृयतामा आर्थिक सहयोग संकलन गरी करिव एक्काईस लाख नेपाली रुपयाँ धादिगंको उत्तरी क्षेत्र त्रिपुरेश्वर गाबिसमा रहेको अचने उच्च माबिमा सहयोग गरेको थियो । उक्त सहयोग रकम तत्कालिन शिक्षा मन्त्रि गिरिराज मणी पोखे्रललाई समाजका सल्लाहाकार कृष्ण गुरुगंले हस्तान्तरण गर्नु भएको थियो । समाजका उपाध्यक्ष चन्द्र मान गुरुंगले स्कुल भवनको शिल्यान्यास गर्नु भएको थियो । काम सुरु भएको छ महिनामानै स्कुल पहिलो तल्ला तयारी भएको छ । साथै सामाजले नेपाल सरकारको कोषमा जम्मा हुने गरि र एनआरएन यूकेलाई पनि सहयोग हस्तान्तरण गरेको थियो ।


ग्रेटर नेपाली समाज योसोसियनको सहयोगबाट निर्माण भएको हुनाले सो संस्थाको नाम ताम्र पत्रमा लेखी मुख्य ढोकामा राखिने स्कुल ब्यवस्थापन समितिले जनाएको छ । यहि आउदो ५ डिसेम्वरमा लोकतान्त्रिक गणतान्त्रिक नेपालका उपराष्ट्रपति नन्द किसोर पुनले सो भवनको उद्घाटन गर्नु हुनेछ । सो उद्घाटन कार्यक्रममा उपस्थित हुनकोलागी ग्रेटर नेपाली समाज योसोसियनका अध्यक्ष मान बहादुर गरुगं नेपाल प्रस्तान गरि सक्नु भएको छ । 
ग्रेटर नेपाली समाज योसोसियनले यस क्षेत्रमा रहनु भएका नेपालीहरुलाई सहयोग पुग्ने र ब्यक्तित्व बिकास तथा जनचेतना लगायत स्वास्थ्य संबन्धि बिभिन्न गतिबिधी संचालन गरी रहेको छ । बिसुद्ध सामाजिक भावना राखि काम गर्ने यस संस्थालाई यहांका स्थानियबासीहरुले साझा चौतारीको रुपमा बिकास गर्दै नेपाली नेपाली बिचमा सद्भाव तथा भाईचाराको संबन्ध बढाऊन बिशेष योगदान गरिरहेको छ ।